images
images
  • प्रधानसेनापति सिग्देल ४ दिने भारत भ्रमणमा जाँदै, भारतीय सेनाले मानार्थ महारथी दिने

    काठमाडौँ – नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल मंसिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमण गर्ने भएका छन् ।

    भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा जाने कार्यक्रम तय गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    भ्रमणका क्रममा उनी भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित हुने जनाइएको छ ।

    उक्त अवसरमा प्रधानसेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने पनि निर्देशनालयले जनाएको छ ।

    लामोसमयदेखि नेपाल र भारतका प्रधानसेनापति एकअर्काको देशको मानार्थ प्रधानसेनापति हुने प्रचल चल्दै आएको छ ।

    केही समय अघि नेपाल आएका भारतीय सेनाध्यक्षले राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images