images
images
  • NPL का फ्यानलाई डिसहोमको आकर्षक अफर : इन्टरनेट जडान र रिचार्जमा ३ महिना बोनस, राउटर फ्रि !

    काठमाडौं – डिसहोमले नेपाल प्रिमियर लिग (एनपीएल) का फ्यानहरूलाई लक्षित गर्दै आफ्नो इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ ।

    कम्पनीले २०० एमबीपीएस र ३०० एमबीपीएस वार्षिक इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस सहित नि:शुल्क राउटरको अफर सार्वजनिक गरेको हो ।

    एनपीएलको डिजिटल स्ट्रिमिङ अधिकार प्राप्त गरेको डिसहोमले यही अवसरमा नयाँ तथा पुराना ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको जनाएको छ ।

    पुराना ग्राहकले आफ्नो प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकले इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्ने डिसहोमले जनाएको छ ।

    नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images