images
images
  • NPL मा सबै टोलीले खेले पहिलो खेल, एक खेलपछि कुन टोलीको अवस्था के छ ? (अंक तालिकासहित)

    काठमाडौं – बुधवार लुम्बीनी लायन्सले विराटनगर किङ्ससँग NPL मा आफ्नो पहिलो खेलेसँगै जारी प्रतियोगितामा सबै टोलीले कम्तिमा एक खेल पूरा गरेका छन् ।

    सबै टोलीले कम्तिमा एक देखि तीनवटासम्म खेल खेल्दा चितवन राइनोज अंक तालिकाको शीर्षस्थानमा छ भने पोखरा एभेन्जर्स खराब रनरेटका कारण तालिकाको पुछारमा छ ।

    बुधवारका खेल कसले जिते ?

    बुधवार विराटनगरले लुम्बीनीलाई हराउँदै तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ । सुरुवाती दुई खेलमा पराजित भइसकेको सन्दीप लामिछाने नेतृत्वको विराटनगरका लागि आजको खेल हार्दा प्लेअफ पुग्ने सम्भावना निकै कमजोर हुने जोखिम थियो । तर, १९२ रनको विजयी लक्ष्य पक्ष्याएको विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।

    468940048 122128658126455690 6974681439004130108 n

    राष्ट्रिय क्रिकेट टिमका समेत कप्तान रहेका रोहित पौडेल नेतृत्वको लुम्बीनीले भने एनपीएलमा अहिलेसम्मकै ठूलो स्कोर खडा गरेर पनि प्रतियोगिताको सुरुवात हारबाट गरेको छ ।

    जारी प्रतियोगिताकै उच्च स्कोर बनाएर रेकर्ड बनाएको लुम्बीनीलाई अहिलेसम्मकै उच्च लक्ष्य भेटाएर विराटनगरले पनि रेकर्ड राखेको छ । लक्ष्य पक्ष्याउनेक्रममा विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७१ रनको योगदान गरेका थिए ।

    त्यसअघि आजै कर्णाली याक्सलाई काठमाण्डू गुर्खाजले ३ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको काठमाण्डूले दोस्रो खेलमा कर्णालीले दिएको १५० रनको लक्ष्य ७ विकेट गुमाउँदै अन्तिम ओभरमा भेटाएर २ अंक जोडेको हो ।

    469067971 122128597106455690 3829936161503935483 n

    कर्णालीले पहिलो ब्याटिङ गरेर १४९ रन बनाउँदा भारतीय स्टार खेलाडी शिखर धवनले ७१ रनको योगदान गरेका थिए । तर काठमाण्डूका कप्तान करण केसीले १० बलमा २८ रन जोड्दै खेल जिताउन महत्वपूर्ण भूमिका खेलेपछि धवनको अर्धसतक खेर गएको थियो ।

    अंक तालिकामा कुन टिम कतिऔं स्थानमा छन् ?

    सबै टोलीले एक खेल खेलेपछि चितवन राइनोज ४ अंक सहित अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
    जनकपुर बोल्ट्स समान ४ अंक भएपनि नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ । एउटै खेल मात्र खेलेको सुदूरपश्चिम रोयल्स २ अंक सहित तालिको तेस्रो स्थानमा छ । समान २/२ अंक भएका काठमाणडू गुर्खाज र विराटनगर किंङ्स क्रमश चौथो र पाँचौ स्थानमा छन् ।

    NPL point table
    अंक बिहिन लुम्बीनी छैटौ, दुवै खेलमा पराजित कर्णाली सातौ र एक खेलमा मात्रै पराजित भएपनि निकै खराब रनरेटका कारण पोखरा एभेन्जर्स तालिकाको पुछारमा रहेको छ ।

    भोलि कुन कुन टोलीले प्रतिस्पर्धा गर्दै छन् ?

    एनपीएलमा भोलि बिहीवारको पहिलो खेलमा कुशल भुर्तेल नेतृत्वको पोखरा एभेन्जर्सले प्रतियोगिताको अविजित टोली अनिल साह नेतृत्वको जनकपुर बोल्ट्सको सामान गर्नेछ ।

    दोस्रो खोलमा करण केसी नेतृत्वको काठमाण्डू गुर्खाजले दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम रोयलको सामना गर्ने छ ।

    पहिलो खेल बिहान ९:४५ बजे र दोस्रो खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images