काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थक र चितवन प्रहरीबीच झडप भएको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बयानका लागि चितवन लगिएको दोस्रो दिन समर्थक र प्रहरीबीच झडप भएको हो ।
बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो । स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्याससमेत प्रहार गरेको स्थानीयले बताएका छन् ।
रविका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन् । मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन लगिएको थियो । बयान नसकिएपछि आज बुधबार पनि लामिछानेको बयान चलिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय अगाडि भएको झडप अहिले केही मत्थर भए पनि प्रदर्शन रोकिएको भने छैन ।
यस अघि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउने क्रममा समेत समर्थक र प्रहरीबीच झडप भएको थियो । पोखरापछि लामिछानेलाई रुपन्देही र काठमाडौमापनि बयान गराएर चितवन लगिएको हो ।























