images
images
  • युरोकपमा बेल्जियमको उत्कृष्ट पुनरागमन

    एजेन्सी । बेल्जियमले युरोकप फुटबलमा उत्कृष्ट पुनरागमन गरेको छ । कोपनहेगनमा भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले हराउँदै बेल्जियमले लगातार दोस्रो जित निकालेको हो ।

    डेनमार्कमाथिको यो जितसँगै बेल्जियम अन्तिम १६ मा समेत पुगेको छ । बेल्जियम नकआउट चरणमा पुग्ने दोस्रा टोली हो । समूह ए’बाट यसअघि इटाली नकआउट चरणमा पुगिसकेको छ । पार्केन स्टेडियममा बेल्जियमलाई जिताउन थोर्गन हाजार्ड र केभिन डे ब्रुएनाले एक–एक गोल गरे ।

    डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए । जितसँगै समूह ‘बी’ मा रहेको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ । बेल्जियम शीर्ष स्थानमा छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो ।

    डेनमार्कको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले हारेको थियो । यो हारसँगै पुछारमा रहेको डेनमार्क अर्को चरण पुग्ने सम्भावना क्षीण भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images