images
images
  • एनपिएलः पोखरा एभेञ्जर्सले टस जितेर पहिले बलिङ गर्दै

    काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेञ्जर्सले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्सका कप्तान कुशल भुर्तेलले टस जित्दै चितवन राइनोजलाई ब्याटिङको निम्तो दिए । जारी प्रतियोगितामा पोखरा एभेञ्जर्सको यो पहिलो खेल हो ।

    सोमबार काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गरेको चितवन राइनोज आज दोस्रो जितको खोजीमा छ ।

    आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रन पराजित गरेको छ । रासस

    प्रतिक्रिया दिनुहोस्

    images
    images