काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेइजिङमा उपमन्त्रीले स्वागत गरेका छन् । यस अघि गत वर्ष असोजमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जाँदा चिनियाँ समकक्षी ली छ्याङले भव्य स्वागत गरेका थिए ।
चिनियाँ समकक्षी ली छ्याङकै निमन्त्रणमा प्रधानमन्त्री ओली चीन भ्रमणमा गएपनि उनको स्वागत एक उपमन्त्रीले गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा ओलीको स्वागत गरेका हुन् ।
गत वर्ष प्रचण्ड चीन भ्रमणमा जाँदा चिनियाँ जनमुक्ती सेनाले ‘गार्ड अफ अनर’ नै दिएको थियो । प्रचण्डलाई राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले ‘गार्ड अफ अनर’ दिएको थियो ।
भारत भ्रमणको निम्तो नआएपछि चीन भ्रमणमा गएका ओलीलाई चीनले निम्ता दिएपनि विशेष सम्मान नदिनुले चीनले उनलाई कुन रुपमा लिएको छ भन्ने अर्थ लाग्ने राजनीतिक मामलाका जानकारहरु बताउँछन् ।
बेइजिङमा उपमन्त्रीले स्वागत गरेपछि प्रधानमन्त्री ओलीको मुहारमा कुनै खुसी देखिएको छैन । भोलि र पर्सी हुने विशेष भेटघाटमा कुनै खास सम्झौता हुन नसके ओलीको चीन भ्रमण औपचारिकतामै सीमित हुने आकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्