images
images
  • बेइजिङ पुग्यो चीन भ्रमणमा गएको प्रधानमन्त्रीको टोली, यस्तो छ चार दिने भ्रमणको कार्यतालिका

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् ।

    चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ विमानस्थलमा अवतरण भएको हिमालय एयरलाइन्सले जनाएको छ ।

    प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गरेको थियो ।

    भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । तत्पश्चात् दुईपक्षीय वार्ता र विभिन्न सन्धी सम्झौतामा हस्ताक्षर समारोह हुने कार्यक्रम छ ।

    सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङसँग भेट गर्नेछन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि प्रधानमन्त्री ओलीले भेट गर्नेछन् ।

    प्रधानमन्त्री ओली मंसिर २० गते स्वदेश फर्किनेछन् ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images