images
images
  • NPL मा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, अनिलले बनाए अर्धसतक

    काठमाडौं – नेपाल प्रिमियर लिग (NPL)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ ।

    सोमवार त्रिवि मैदान कीर्तिपुरमा भएको दोस्रो खेलमा अनिल साहको कप्तानीमा रहेको जनकपुरले सोमपाल कामी नेतृत्वको कर्णाली याक्सलाई ८ विकेटले हराएको हो ।

    कर्णालीले टस जितेर ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा १४१ रन बनाएको थियो । १४२ रनको विजयी लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

    जनकपुरका लागि कप्तान अनिल साहले अविजित ६२ रन बनाए । पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका ओपनर आसिफ शेखले ३६ रनको योगदान गरे ।

    विदेशी खेलाडी लाहिरु मिलान्थाले २४ र जेम्स निशमले १६ रनको योगदान गरे । कर्णालीका लागि मौसम ढकाल र जेशन मक्सुदले १/१ विकेट लिए ।

    जित सँगै जनकपुरले आफूलाई लिगको शीर्ष स्थानमा यथावत राखेको छ । जनकपुरको २ खेलबाट ४ अंक छ भने चितवन राइनोजको १ खेलबाट २ अंक छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images