काठमाडौं – नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत सोमवार भइरहेको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्टस्लाई १४२ रनको विजयी लक्ष्य दिएको छ ।
प्रतियोगिता अन्तर्गत तेस्रो खेल हुँदा यो अहिलेसम्मकै ठूलो विजयी लक्ष्य हो । पहिलो खेलमा विराटनगरले जनकपुरलाई १२८ रनको लक्ष्य दिंदा दोस्रो खेलमा काठमाण्डू गुर्खाजले चितवन राइनोजलाई ११२ रनको विजयी लक्ष्य दिएको थियो ।
कर्णालीका लागि गुलसन झा, अर्जुन घर्ती र सोमपाल कामीले बिस्फोटक ब्याटिङ गरेपछि जनकपुरले १४२ रनको लक्ष्य पाएको हो । अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै कर्णालीले ३९ रन जोडेको थियो । अर्जुनले १९औं ओभरमा २२ रन जोडे भने अन्तिम ओभरमा सोमपालले २१ रन जोडे ।
त्यस अघि गुलसन झाले २७ बलमा ३६ रनको योगदान दिएका थिए । अर्जुनले २२ बलमा ३३ रन र सोमपालले १३ बलमा २९ रनको योगदान गरेका थिए । शिखर धवन १४ र बाबर हायत १२ रनमा आउट भएका थिए ।
जनकपुरका लागि मोहम्मद मोहसिनले २ विकेट लिंदा ललित राजबंशी, किशोर महतो, हर्ष ठाकर र जेम्स निशमले १/१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्