काठमाडौं – कीर्तिपुरको मेयरका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले सुरुवाति अग्रता लिएको छ ।
नेपाली कांग्रेसका कृष्णमान डंगोल ४५० मतसहित अग्रस्थानमा छन् । उनलाई स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ३४९ मतसहित पच्छ्याइरहेका छन् ।
त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिव शरण महर्जनले ३२७ मत पाउँदा एमालेका सुरेन्द्र मानन्धरले ३१० मत पाएका छन् ।
यस अघि २०७९ मा भएको स्थानीय निर्वाचनमा कीर्तिपुरको मेयर नेपाली कांग्रेसले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्






















