images
images
  • जारी उपनिर्वाचनमा पहिलोपटक काठमाडौं–१६ मा रास्वपा उम्मेदवारको अग्रता

    काठमाडौं – काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता बनाएको छ ।

    आइतबार भएको उपनिर्वाचन अन्तर्गत प्रारम्भिक मतगणना अनुसार रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले ४९३ मत पाउँदा नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्‍न तुलाधरले ३८४ मतसहित पछ्याइरहेका छन् ।

    नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले ३६९ मत प्राप्त गरेका छन् । ०७९ को निर्वाचनमा यहाँको वडा अध्यक्ष कांग्रेसले जितेको थियो ।

    अहिले मत गणना भएका धेरै वडाहरुमा पत्याउनै नसकिने गरी न्युन मत पाएको रास्वपाले काठमाडौंमा भने सुरुवातमै अग्रता लिएको हो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images