काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह उप निर्वाचनमा सुरुवाती विजय हासिल गरेको छ । ४ वटा वडा अध्यक्षको अन्तिम परिणाम आउँदा कांग्रेसले ३ वडा जितेको छ । ती मध्ये दुई वडा माओवादी केन्द्रबाट खोसेको छ ।
यस अघि माओवादी केन्द्रले जितेको जाजरकोटको कुशे गाउँपालिका ७ र दार्चुलाको दुहु गाउँपालिका ५ को वडाअध्यक्ष अहिले कांग्रेसले जितेको छ । यस अघि कांग्रेसले नै जितेको रोल्पाको रुन्टीगढी गाउँपालिका ४ को वडा अध्यक्ष यस पालि पनि कांग्रेसले नै जितेको छ ।
यसैगरी गोरखा ५ मा कांग्रेसले अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्