images
images
  • स्थानीय तह उपनिर्वाचन : मतगणना भइरहेका ४ मध्ये कांग्रेसलाई ३ वडामा अग्रता, एउटामा एमाले

    काठमाडौं – स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक हुन थालेका छन् ।

    मतगणना जारी रहेका ४ स्थानीय तहका वडा अध्यक्षमध्ये नेपाली कांग्रेसले ३ वटा वडा अध्यक्षमा अग्रता लिएको छ । एमालेले एउटा वडामा अग्रता लिएको छ ।

    गोरखाको गोरखा नगरपालिका –५ मा कांग्रेसका भाइकाजी आलेले १०२, माओवादीका विष्णु रानाले ९६ र एमालेकी दुर्गा मगर ७९ मत पाएका छन् । चौथो स्थानमा रहेको रास्वपाका मंगलबहादुर थापाले १३ मत पाएका छन् ।

    रोल्पाको रुन्टिगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका भुपमणी पुनमगर ६४३, एमालेकी वेगम पुन ५३५ र माओवादी केन्द्रका नरेशजंग सिंहले ७० मत पाएका छन् ।

    जाजरकोटको कुशे गाउँपालिका–७ मा ८०३ मत गणना गर्दा कांग्रेसले २८८, माओवादी केन्द्रले २८६, एमालेले २०८ र राप्रपाले ७ मत पाएको छ ।

    ओखलढुङ्गाको मोलुङ गाउँपालिका –५ मा एमाले तीन सय मत गन्दा नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङले १५३, नेपाली कांग्रेसका उम्मेदवार घनश्याम दाहालले ७० मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images