काठमाडौं – नेपाल पाकिस्तानमा जारी ब्लाइन्ड क्रिकेट (दृष्टिविहीनको क्रिकेट) टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
६ देश सहभागी विश्वकपको लिगमा चौथो स्थानमा रहँदै नेपाल पहिलोपटक सेमिफाइनलमा पुगेको हो । नेपालले अब फाइनलमा स्थान बनाउन आइतबार हुने सेमिफाइनलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ ।
लिग चरणमा दक्षिण अफ्रिका र अफगानिस्तानलाई पराजित गरेको नेपालले पाकिस्तान, श्रीलंका र बंगलादेशसँग भने हार व्यहोर्नुपरेको थियोे । नेपालसँग पराजित दक्षिण अफ्रिका र अफगानिस्तान लिग चरणबाटै बाहिरिएका छन् ।
नेपालले सन् २०१२ देखि ब्लाइन्ड क्रिकेट विश्वकपमा सहभागिता जनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्