images
images
  • पक्राउ परेको ४० दिनपछि काठमाडौं पुगे रवि लामिछाने, किन जारी गरियो ‘उच्च सुरक्षा सतर्कता ?’

    काठमाडौं – सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने ४० दिनपछि काठमाडौं आइपुगेका छन् ।

    लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरी सोही दिन पोखरा लगेको थियो । त्यसयता लामिछाने ४० दिनसम्म पोखरा र रुपन्देहीको प्रहरी हिरासतमा बसेका थिए ।

    बिहीबार भने काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको विषयमा बयानका लागि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको हो ।

    लामिछानेलाई काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइने छ । आज भने लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट सोझै जिल्ला प्रहरी कार्यालय परिसर भद्रकाली ल्याइएको छ ।

    सुरक्षालाई मध्यनजर राख्दै भद्रकाली क्षेत्र वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।

    अनुसन्धानका लागि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परे यता उनलाई ५ पटक म्याद थप गरिसकिएको छ । लामिछानेलाई पछिल्लोपटक मंसिरमा ९ गते  १५ दिन म्याद थप गरिएको छ ।

    पोखरा हिरासतबाटै रविलाई रुपन्देही, काठमाडौं र चितवन जिल्ला अदालतमा बयानका लागि लगिने छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images