पोखरा । भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी (COAS Indian Army General Upendra Dwivedi)ले पोखराको भ्रमण गर्नुभएको छ । पोखरास्थित पेन्सन भुक्तानी कार्यालयको फराकिलो चउरमा भेला भएका नेपाली भूतपूर्व गोर्खा सैनिक (Former Gorkha Army)को ठूलो र्यालीलाई सम्बोधन गर्नुभयो ।

उक्त समारोहमा उपस्थित वीरता पुरस्कार विजेता एवम् वीर नारीलाई सम्मान गर्दै वहाँहरुसँग जनरल उपेन्द्र द्विवेदी र सेना पत्नी कल्याण संघ (भारतीय सेना) की अध्यक्ष श्रीमती सुनीता द्विवेदीले कुराकानी गर्नुभयो ।
भारतीय सेना प्रमुखले गोर्खा सैनिकहरुको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति समर्पित सेवालाई सलाम गर्नुभयो । जनरल उपेन्द्र द्विवेदी पछि पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको भ्रमण गरी पृतनापति उपरथी सन्तोष बल्लभ पौड्याल र त्यहाँस्थित आर्मी अफिसरहरुसँग अन्तरक्रिया गर्नुभएको थियो ।
























