बदलिँदो सिजन र जाडोमा चायाँ (Dandruff)को समस्या महिला-पुरुष दुवैमा प्रायः हुने गरेको पाइन्छ । जसका कारण कपालमा स-साना सेतो रङका छालाको पत्रहरु जम्मा हुने तथा कपाल झर्ने समस्या हुन थालेपछि कपालको चमक पनि हराएर जान्छ । जाडो मौसममा कपामालमा आएको चायाँको समस्यालाई कसरी कम गर्ने भन्ने बारे हामी तपाईलाई केही उपायहरु बताइरहेका छौँ र यी उपायहरुहरु अपनाएर जाडो मौसममा चायाँको समस्यालाई कम गर्न सक्नुहुनेछ ।
टाउकोलाई सुख्खा हुनबाट जोगाउनुहोस्
जाडो मौसममा चिसो हावा हुने भएकोले शरिरका अङहरुलाई डिहाइड्रेट बनाउँछ, जसले गर्दा टाउकोको भाग पनि सुख्खा हुने भएकाले चायाँको समस्या प्राय देखिनेगर्छ। यो समस्याबाट आफ्नो कपाललाई जोगाउनका लागि हप्तामा २ देखि ३ दिन नबिराएर शुद्ध नरिवलको तेलले कपालको जरा जरामा मालिस गर्नुहोस् । नरिवलको तेलले नियमित मसाज गर्दा कपाललाई स्वस्थ र चमकिलो मात्र राख्दैन, चायाँको समस्यालाई पनि कम गर्न सक्छ । कपाललाई मसाज गरेपछि कम्तीमा ४५ मिनेट पछि मात्र स्याम्पु र कन्डिसनरले कपाल धुनुहोस्।
चायाँ हटाउन तातो पानी प्रयोग गर्न हुन्न है!
चायाँको समस्याबाट छुटकारा पाउन कपालमा पत्र पत्र बसेका चायाँ सफा गर्नु आवश्यक भए पनि सफा गर्नका लागि टाउकोको छालामा तातो पानीको प्रयोग नगर्नुहोस्। तातो पानीको प्रयोगले चायाँको समस्या झन बढाइदिन सक्छ। छालालाई हलुका न्यानो मात्र महशुस हुने मनतातो पानी भने कपाल पखाल्दा प्रयोग गर्नसक्नुहुनेछ।
कपाल तताउने उपकरणहरू (हेयर आइरन वा हेयर रड) प्रयोग नगर्नुहोस्
चायाँको समस्या देखिनुमा कपाल स्ट्रेट बनाउन प्रयोग गरिने हेयर आइरन वा हेयर रड (Hair Straightener – Ceramic Curling Iron) जस्ता औजारहरु पनि मुख्य हुन्। कपाल स्ट्रेट बनाउन प्रयोग गरिने यस्ता उपकरणको प्रयोगले कपाललाई अत्याधिक तापका कारण सुख्खा बनाउँछ र त्यसको प्रयोगले कपालको प्राकृतिक बढ्ने प्रकृयालाई रोक्नुका साथै स्वस्थ कपालका लागि आवश्यक न्यूट्रिशनलाई नष्ट गरेर कपालका छालालाई सुख्खा बनाइदिन्छ जसका कारण चायाँको समस्या पनि बढाउन सक्छ। यस्तो अवस्थामा, कपाल स्ट्रेट बनाउन प्रयोग गरिने उपकरणहरू सक्दो प्रयोग नगर्नुहोस्।
यी कुराहरु पनि ध्यानमा राख्नुहोस्
- नरिवलको तेलले कपालको जरा जरामा विस्तारै मालिस गर्नुहोस्।
- आफ्नो त्वजा र कपालमा सुट गर्ने मात्र स्याम्पु र कन्डिसनरले कपाल धुनुहोस्।
- कपाल स्ट्रेटिङ वा कपाल कर्लिंग गर्ने उपकरणहरुको प्रयोग नगर्नुहोस्।
- तातो हावा फाल्ने हेयर ड्रायरको प्रयोग भन्दा प्राकृतिक रूपमा कपाल सुख्खा राख्ने गर्नुहोस्।
प्रतिक्रिया दिनुहोस्