काठमाडौं – ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंको शान्तिनगरबाट प्रहरीले नेपाललाई नियन्त्रणमा लिएको जनाएको छ ।
भारतका सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा रहेका बेला नेपालले अवरोध गर्न सक्ने संकेत पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताएको छ ।
भारतीय सेनाध्यक्ष द्विवेदी नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह लिन नेपाल आएका हुन् ।
यस विषयमा प्रश्न उठाउँदै नेपालले चिनियाँ सेना प्रमुखलाई पनि नेपालको मानार्थ महारथीको दर्जा दिनुपर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए ।
उनी ग्रेटर नेपाल अभियान सञ्चालन गर्दै सुगौली सन्धी पूर्वको नेपाली भूमि (पूर्वमा टिस्टादेखि पश्चिममा सतलज) सबै नेपालकै हुनुपर्ने आवाज उठाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्























