images
images
  • दुर्गा प्रसाईंलाई पक्राउ गर्दा प्रहरीलाई अवरोध गर्ने ९ जनाविरुद्ध पनि मुद्दा

    काठमाडौं – व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्दा प्रहरीलाई अवरोध गर्ने अन्य ९ जनालाई पनि मुद्दा चलाईने भएको छ ।

    प्रसाईंलाई मंगलवार भक्तपुरस्थित निवासबाट पक्राउ गर्ने क्रममा प्रहरीलाई अवरोध पुर्‍याएको आरोपमा उनीहरुलाई मुद्दा चलाईने भएको हो ।

    समातिएकामध्ये ९ जनालाई प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको हो । एक जनालाई चाहिँ आँखा सम्बन्धी समस्या देखिएकाले छाडिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

    छुटेका बलबहादुर तामाङबाहेक देवी संग्रौला, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदिप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुलसी बराइली र रमेश ठकुरी हिरासतमा छन् ।

    सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक्जिएटा टेलिकममा लगानी रहेको भन्दै प्रसाईंले अभिव्यक्ति दिएपछि मंगलवार उनी पक्राउ परेका थिए ।

    प्रसाईंमाथि अहिले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर विद्युतीय अपराध नियन्त्रण ऐनविपरितको कसुरमा अनुसन्धान भइरहेको छ ।

    उनी यस अघि पनि साइबर क्राइम सम्बन्धी मुद्दामा पक्राउ परी धरौटीमा छुटेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images