images
images
  • प्रदूषणको मारमा दिल्ली : सिंगो दिल्ली अर्ध लकडाउनमा, ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

    भारत । दिल्ली सहित एनसीआरमा बढ्दो वायू प्रदूषण – Air Pollution लाई ध्यानमा राख्दै प्रतिबन्ध लगाइएको छ। दिल्ली सरकारले अब सरकारी कार्यालयका ५० प्रतिशत कर्मचारीले घरबाट काम गर्ने र ५० प्रतिशत कार्यालयमा आउने घोषणा गरेको छ ।

    चिसोले रफ्तार लिएसंगै राजधानी दिल्ली (Delhi Pollution) मा अकल्पनीय रुपमा प्रदुषणको स्तर बढ्दै गएको देखेर दिल्ली सरकारले केही कुराहरुमा अर्ध प्रतिबन्ध लगाएको छ । विद्यालय तथा कलेजहरु बन्द भएका छन् । ५० प्रतिशनभन्दा बढी कर्मचारीहरुलाई उनीहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै घरमैं बसी नियमित काम गर्न भनिएको छ ।

    दिल्लीमा सरकारी कर्मचारीहरूले घरबाटै काम गर्ने वातावरणमन्त्रीको घोषणा

    आधिकारीक ट्वीटर ह्याण्डलबाट जानकारी दिँदै दिल्लीका वातावरणमन्त्री गोपाल राईले प्रदूषण कम गर्न दिल्ली सरकारले सरकारी कार्यालयमा घरबाटै काम गर्ने निर्णय गरेको लेखेका छन् । ५० प्रतिशत कर्मचारीले घरबाटै काम गर्नेछन् । यसको कार्यान्वयनका लागि आज दिउँसो भारतीय समयअनुसार १ बजे सचिवालयमा पदाधिकारीसँग बैठक समेत बसिसकेको छ ।

    delhi air pollution

    दिल्ली-एनसीआरमा विद्यालयहरू बन्द!
    दिल्लीमा वायु प्रदूषण अस्वभाविक रुपमा अत्यन्तै गम्भीर स्थितीमा पुगेपछि दिल्लीका मुख्यमन्त्री आतिशीले कक्षा १२ सम्मका विद्यालयहरू बन्द गर्ने आदेश दिएकी छिन्। अब दिल्लीस्थित विद्यालयका सबै कक्षाहरू अनलाइन सञ्चालन हुनेछन्। साथै, एनसीआर जिल्ला फरीदाबाद, गाजियाबाद, गुरुग्राम, नोएडामा प्रशासनले पनि कक्षा १२ सम्मका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। अर्कोतर्फ जामिया मिलिया इस्लामिया, जवाहरलाल नेहरू विश्वविद्यालय जस्ता कलेजहरूले समेतले पनि अनलाइन कक्षाहरू संचालन गर्ने निर्णय लिएका छन्।

    सवारी साधनमा पनि प्रतिबन्ध! कुन कुनमा प्रतिबन्ध छ ?
    GRAP 4 प्रतिबन्धहरू अन्तर्गत सबैभन्दा प्रमुख असर दिल्लीमा ट्रकहरूलाई परेको छ । दिल्ली प्रवेश गर्ने ट्रकहरुलाई कडाइका साथ प्रतिबन्ध लागू गरिएको छ। जसमा अत्यावश्यक बस्तु बोक्ने सवारी साधनलाई अपवादको रुपमा प्रवेश अनुमती राखिएको छ । साथै एलएनजी, सीएनजी, बीएस-VI डिजेल वा इलेक्ट्रिक पावर जस्ता स्वच्छ इन्धनमा चल्ने व्यावसायिक सवारीहरूलाई कुनैपनि किसिमको प्रतिबन्ध रहेको छैन। यसैबीच, CNG, इलेक्ट्रिक पावर र BS-VI डिजेलमा चल्ने बाहेक दिल्ली बाहिर दर्ता भएका गैर-आवश्यक हलुका व्यावसायिक सवारी साधनहरूमा पनि प्रतिबन्ध लगाइएको छ। GRAP 4 अन्तर्गत, दिल्लीमा दर्ता भएका मध्यम र हलुका व्यापारिक सवारी साधनहरू जुन डिजेल वा BS-IV मा चल्छन् ति सबै प्रतिबन्धित छन्, तर अत्यावश्यक वस्तु तथा सेवामा संचालन हुने बाहेक। निजी सवारी साधनमा भने कुनै नयाँ विकल्प तोकेर प्रतिबन्ध लागू गरिएको छैन। तर डिजेल जेनेरेटर सेटमा भने प्रतिबन्ध लगाइएको छ।

    पुरै NCR मा प्रतिबन्ध लागू!
    यो प्रतिबन्ध दिल्लीमा मात्र नभई गुरुग्राम, फरीदाबाद, गाजियाबाद र गौतमबुद्ध नगर जस्ता दिल्ली वरपरका क्षेत्रहरूमा पनि लागू हुनेछ। नियम उल्लङ्घन गर्नेलाई २० हजार जरिवाना तिर्नुपर्नेछ । यस अवधिमा BS-IV पेट्रोल र BS-VI डिजेल प्रमाणीकरण र माथिका सबै निजी सवारीहरूलाई शहरमा कुनै प्रतिबन्ध बेगैर संचालन अनुमति दिइएको छ।

    निजी सवारी साधनमा के के छन् बन्देज?
    राजधानी क्षेत्रमा अहिले सवारी साधन चलाउनेलाई कडा निगरानीमा राखिएको छ । किनभने अधिकारीहरूले शहरमा बढ्दो प्रदूषणको स्तरलाई नियन्त्रण गर्न प्रयासहरू बढाइरहेका छन्। सवारी साधन मालिकहरूले आफ्नो गाडी बाहिर निकाल्नु अघि सरकारद्वारा प्रदान गरिएको प्रदूषण नियन्त्रण (PUC) प्रमाण-पत्र बोक्नुपर्छ। यो प्रमाण-पत्र छैन भने, त्यस्ता सवारीसाधनहरुले ठूलो जरिवाना तिर्नुपर्ने हुनसक्छ। दिल्ली ट्राफिक प्रहरीले नियम पालना नगर्ने सवारीसाधनमाथि कारबाहीको रफ्तार बढाएको छ । २०२४ अक्टोबर ३१ सम्म नियम उल्लङ्घन गर्ने २ लाख ७० हजारभन्दा बढीलाई चलान काटिसकेको छ।

    वैध PUC प्रमाणपत्र बिना ड्राइभिङ एक गम्भीर अपराध हो र 10,000 रुपैयाँ सम्म जरिवाना लिन सक्छ। यो कदम सवारीसाधनको उत्सर्जन घटाउने बृहत् उपायहरूको एक हिस्सा हो, जसले दिल्लीको खराब हावाको गुणस्तरमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ। सवारीसाधन मालिकहरूले दण्डबाट बच्न नियमित रूपमा आफ्नो PUC प्रमाणपत्रहरू जाँच र नवीकरण गराउनुपर्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images