images
images
  • फेरि पक्राउ परे दुर्गा प्रसाईं, ‘भक्तपुरस्थित घरबाटै सीआईबीले लियो नियन्त्रणमा’

    काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

    उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको छ ।

    केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई पक्राउ गरेको पुष्टि गरेका छन् ।

    प्रसाईंले हिजो मात्रै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम जोडेर विदेशमा अर्बौ लगानी रहेको भनी भाषण गरेका थिए ।

    सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि प्रहरीले सधैं निगरानी राख्ने भन्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रसाईं यसअघि पनि साइबर अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा परिसकेका व्यक्ति हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images