काठमाडौं । युरो कप २०२० मा आज पनि तीन खेल हुने भएका छन् । युक्रेन र नर्थ म्यासेडोनियाको खेल आजको पहिलो खेल हुनेछ । जुन नेपाली समय अनुसार साँझ ६: ४५ मा सुरु हुनेछ ।
युक्रेनले प्रतियोगिताको पहिलो खेलमा नेदरल्यान्डसँग ३–२ को हार व्यहोरेको थियो । त्यस्तै म्यासेडोनिया पनि अष्ट्रियासँग हारेको थियो ।
आज हुने दोस्रो खेलमा डेनमार्क र बेल्जियम प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार रातिको ९स्४५ मा सुरु हुनेछ।
फिन्ल्यान्डविरुद्धको अघिल्लो खेलमा क्रिस्टियन एरिक्सन मैदानमा ढलेर बेहोस भएका थिए । उक्त खेलमा डेनमार्क १–० को हार बेहोर्दै पराजित भएको थियो । बेल्जियम भने अघिल्लो खेलमा जित निकाली सकेको हुनाले यो खेलमा पनि जित निकाल्दै अन्तिम १६ मा पुग्ने कसरतसहित मैदानमा उत्रिने छ।
त्यस्तै आज हुने अन्तिम खेलमा नेदरल्याड्स र अष्ट्रिया भिड्दैछन् । खेल नेपाली समअनुसार राति १२:४५ मा हुनेछ ।
यी दुवै टोली पहिलो खेलमा जित निकाली सकेको हुनाले दोस्रो जितको लागि आज प्रतिस्पर्धामा उत्रिने छन् ।


विश्व खबर 


















