images
images
  • ठगी गरेको आरोपमा तीन जना पक्राउ

    काठमाडौँ वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्  

    काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका३ की २२ वर्षीया प्रितिका बास्तोला, चितवनको भरपुर महानगरपालिका१० की ३६ वर्षीया शारदा सुवेदी र भरतपुर महानगरपालिका४ का २५ वर्षीय सुरज कँडेललाई पक्राउ गरेको हो  

    प्रितिकाले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईका लागि एक जनाबाट रु दुई लाख तथा शारदा र सुरजले संयुक्त अधिराज्य बेलायतका लागि एक/एक जनाबाट रु एक÷एक लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए

    तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ
    रासस

    प्रतिक्रिया दिनुहोस्

    images