images
images
  • पर्यटनमन्त्री पाण्डेले आफ्नै पार्टीका सांसद बजगाईंविरुद्ध संसदीय दल र पार्टीमा दिए उजुरी

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले आफ्नै दलका सांसद राजेन्द्र बजगाईविरुद्ध पार्टी कार्यालयमा उजुरी दिएका छन् ।

    कांग्रेसका प्रतिनिधि सभा सदस्य बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेले केन्द्रीय कार्यालय सानेपामा उजुरी दिएका हुन् ।

    मन्त्री पाण्डेका सचिवालयमार्फत पार्टीको अनुशासन समिति र संसदीय दलमा उजुरी दिइएको छ । पाण्डेको उजुरी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई बुझाइएको छ ।

    सांसद बजगाईंले मन्त्री पाण्डेले घुस खाएको आरोप लगाएका थिए । सामाजिक सञ्जालमा बजगाईंले मन्त्री पाण्डेले भैरहवामा क्यासिनोका लाइसेन्स वितरण गर्ने क्रममा घुस खाएको आरोप लगाएका थिए ।

    उजुरीमा आफूविरुद्ध निराधार आरोप लगाइएको पाण्डेले उल्लेख गरेका छन् ।

    एउटै राजनीतिक दलमा आवद्ध भएका र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई जना सांसदबीचको किचलोले अहिले राष्ट्रिय राजनीतिमै चर्चा पाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images