images
images
  • राप्रपाले टुङ्ग्यायो स्थानीय तह उपनिर्वाचनको उम्मेदवार

    काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ।

    राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार कीर्तिपुर नगरपालिका प्रमुख पदमा ध्रुव महर्जनको नाम टुङ्गो लगाइएको छ।

    उनका अनुसार राप्रपाले उपनिर्वाचनमा कसैसँग तालमेल नगर्ने निर्णय गरेको छ। उहाँले बाँकी रहेका सबै स्थानीय तहका उम्मेदवारहरू चाँडै टुङ्गो लाग्ने बताए ।

    यसैगरी, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष पदमा मनकुमारी श्रेष्ठ र बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा सुना देवी थापा (भोटे)  लाई उम्मेदवार बनाइएको उनको भनाइ छ।

    राप्रपाको हालसम्म टुङ्गो लागेका स्थानीय तहको उपनिर्वाचनका उम्मेदवार :

    कोशी 

    झापा : कन्काई नपा ६ – नारायणप्रसाद निरौला

    सुनसरी : गद्दी गापा ६ कबिता कुमारी उराब

    तेह्रथुम : लालीगुरास नपा ८ रत्न बहादुर श्रीपाली

    ओखलढुंगा : मोलुङ गापा ५–चन्द्रमणी दाहाल

    मधेस 

    सप्तरी : डाक्नेश्वर नपा १–सतिस कुमार चौधरी

    सप्तरी : डाक्नेश्वर नपा ४–राम कुमार यादब

    बागमती

    काठमाण्डौं महानगर – १६  श्यामकृष्ण श्रेष्ठ

    दोलखा : गौरीशंकर गापा उपाध्यक्ष मन कुमारी श्रेष्ठ

    काठमाडौ : कीर्तिपुर नपा प्रमुख ध्रुव महर्जन

    काठमाडौ : कीर्तिपुर नपा १–सुरेन्द्र उप्रेती

    काठमाडौ : कीर्तिपुर नपा ४–बिजेश बस्नेत

    मकवानपुर : हेटौंडा उमनपा १२ प्रेम लामा भ्लोन

    लुम्बिनी 

    गुल्मी : मुसीकोट गापा १ ईश्वरी खाती

    रोल्पा : रुन्तीगडी गापा ४ पहल बहादुर वली

    कपीलवस्तु : सुह्दोधन १ इम्तीयाज अहमद

    कर्णाली

    कालीकोट : तिलागुफा नपा ४ जुह्दबहादुर शाही

    सुदुरपश्चिम

    बाजुरा : स्वामीकार्तीक खापर गापा उपाध्यक्ष सुना देवी थापा (भोटे)

    प्रतिक्रिया दिनुहोस्

    images
    images