images
images
  • न्यूजील्याण्डविरुद्धको पहिलो एकदिवसीयमा श्रीलङ्का विजयी

    काठमाडौं – श्रीलङ्काले न्यूजील्याण्डलाई ४५ रनले पराजित गरेको छ।

    एकदिवसीय सिरिजको पहिलो खेलमा श्रीलङ्काले न्यूजील्याण्डलाई डिएल मेथड अनुसार ४५ रनले पराजित गरेको हो।

    श्रीलङ्काले ४९.२ ओभरमा ५ विकेट गुमाउँदै ३२४ रन बनाएपछि खेल वर्षाले अवरुद्ध भएपछि न्यूजील्याण्डलाई २७ ओभरमा २२१ रनको नयाँ लक्ष्य दिइएको थियो। सो लक्ष्य पछ्याएको न्यूजील्याण्डले २७ ओभरमा ९ विकट गुमाउँदै १७५ रन मात्र बनाएको थियो।

    यस अघि पहिला ब्याटिङ गरेको श्रीलङ्काले कुशल मेण्डिजको १४३ र अभिश्का फेर्नानडोको १०० रनको मद्दतले ४९.२ ओभरमा ५ विकेट गुमाउँदै ३२४ रन बनाएको थियो। यो जितपछि श्रीलङ्काले ३ खेलको सिरिजमा १(० को अग्रता बनाएको छ। अब सिरिजको दोस्रो खेल आइतबार हुने छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images