images
images
  • नेपाल आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट

    काठमाडौं – नेपाल आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ ।

    लिग चरणको अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल १९ वर्ष मुनिको महिला विश्वकपमा छनोट भएको हो ।

    आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले ८४ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले १४.४ ओभरमै ८६ रन बनाएर पुरा गरी पहिलोपटक विश्वकपमा छनोट भएको हो ।

    टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन मात्र बनाएको थियो ।

    युएईलाई सस्तो योगफलमै रोक्न नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिएकी थिइन् ।

    जवाफी ब्याटिङमा आएको नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाउँदा कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । अर्की ओपनर साबित्री धामीले १२ रन बनाएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images