images
images
  • निर्मला बलात्कारको प्रतक्षदर्शी दाबी गर्ने व्यक्ति पक्राउ, अन्तर्वार्ता लिने धमला पनि CIB मा

    काठमाडौं – निर्मला पन्त बलात्कारको प्रतक्षदर्शी दाबी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

    उनलेे कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिएका थिए । पक्राउ पर्ने व्यक्ति गोरखाका नवराज अर्याल हुन् । उनी सरकारी सवारी चालक थिए ।

    उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    nabaraj aryal Arrested

    उनले आफूलाई खानेपानी विभागको सवारी चालकका रुपमा चिनाएका थिए । त्यसक्रममा कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको विवरण उनले अन्तर्वार्तामा सुनाएका थिए ।

    अन्तर्वार्ता लिने टेलिभिजन कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सीआईबीले कार्यालयमा बोलाएको छ ।

    थप विवरण आउन बाँकी छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    images