images
images
  • ट्रम्पले दिए एलन मस्कलाई विशेष जिम्मेवारी, रक्षा मन्त्रीमा फक्स न्युजका प्रस्तोता नियुक्त

    काठमाडौं – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) को प्रमुख पदमा नियुक्त गरेका छन् ।

    यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो ।

    ट्रम्पलाई मस्कले राष्ट्रपतिको चुनावमा सघाएका थिए । अब उनले ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई अधिक प्रभावकारी बनाउन सघाउने छन् । मस्क नेतृत्वको डिओजीईमा भारतीय मुलका विवेक राधास्वामीलाई पनि ट्रम्पले नियुक्त गरेका छन् ।

    नियुक्तिबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा ट्रम्पले एलन मस्कलाई ‘ग्रेट एलन मस्क’ र विवेक रामाश्वामीलाई ‘देशभक्त अमेरिकी’ भनेका छन् ।

    नियुक्तिको जानकारी पाएपछि रामास्वामीले आक्रामक रुपमा जिम्मेवारी पूरा गर्ने संकेत गरेका छन् । उनले भनेका छन्, ‘हामी नरम रुपमा प्रस्तुत हुने छैनौं ।’

    ट्रम्प खर्च कटौतीका लागि अनावश्यक सरकारी विभाग र एजेन्सीहरुलाई बन्द गर्नुपर्ने र अप्रासंगिक नियमकानुन संशोधनको तयारीमा छन् । त्यसलाई ट्रम्पले ‘सेभ अमेरिका’ नाम दिएर अभियान चलाउने छन् । ट्रम्पको यही अभियानलाई अब एलन मस्क र विवेक रामास्वामीले सघाउने छन् ।

    ट्रम्पले मंगलबार मात्रै फ्लोरिडाका सांसद माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहका र मार्को रुबियोलाई विदेश मन्त्रीमा नियुक्तिको घोषणा गरेका थिए । त्यस्तै टेलिभजन प्रस्तोता पिट हेगसेथलाई उनले रक्षा मन्त्रीमा नियुक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images