images
images
  • स्थानीय उपनिर्वाचन : आयोगले तोक्यो सबै स्थानमा निर्वाचन अधिकृत, कुन पालिकामा को ? (सूचीसहित)

    काठमाडौं- स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

    मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ३२ जना जिल्ला न्यायाधीश, ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत तोकिएको आयोगले जानकारी गराएको छ।

    किर्तिपुर नगरपालिकामा सर्वोच्च अदालतको उपरजिष्ट्रार इन्दिरा कार्कीलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि हुने निर्वाचनका लागि जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकिएको छ ।

    यस्तै दैलेखको महाबु गाउँपालिकाको अध्यक्षका लागि हुने निर्वाचनका लागि जिल्ला अदालत दैलेखका न्यायाधीश कुलप्रसाद पाण्डेलाई निर्वाचन अधिकृत तोकिएको छ ।

    ३० कात्तिकमा सम्बन्धित स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने आयोगले जनाएको छ । दुई जिल्लामा जिल्ला समन्वय समितिको प्रमुख सहित १६ मंसिरमा उपनिर्वाचन हुँदैछ ।

    हेर्नुहोस सूची

    अधिकृत १

    अधिकृत २

    अधिकृत ३

    प्रतिक्रिया दिनुहोस्

    images
    images