images
images
  • नेपालका राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेट, के भयो कुराकानी ?

    बाकु (अजरबैजान) – राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच संक्षिप्त भेटवार्ता भएको छ ।

    जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उनीहरूबीच भेट भएको हो ।

    भेटमा उनीहरुबीच जलवायु परिवर्तनबाट उत्पन्न समस्याबारेमा संक्षिप्त कुराकानी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    ‘जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ’, कुराकानीका क्रममा राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै पोखरेलले भने ।

    गत वर्ष नेपालमा आउँदा जलवायु परिवर्तनका कारण नेपालले के कस्ता समस्या भोगिरहेको छ भन्ने विषयमा जानकार रहेका महासचिव गुटेरेस, राष्ट्रपति पौडेल बसेको ठाउँमा आएर कुराकानी गरेका थिए ।

    आजबाट सुरु भएको कोप–२९ सम्मेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै बाकु आइपुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images