images
images
  • एमालेलाई जग्गा उपहार प्रकरण : नवनियुक्त न्यायाधीसले हेर्न भ्याएनन्, सुनुवाई सर्‍यो

    काठमाडौँ – नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दान दिने जग्गा विरुद्ध परेको रिटको सुनुवाई स्थगित भएको छ ।

    उक्त मुद्दाको पेसी  न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यान्द पाण्डेयको इजलासमा रहेको थियो । नित्यान्द भरखरै मात्र सर्वोच्च अदालतमा न्यायाधीस नियुक्त भएका हुन् । उनको पहिलो पेसी नै मीनबहादुर गुरुङले एमालेलाई जग्गा दिन दिएको मुद्दा परेको हो । तर उक्त मुद्दा न्यायाधीसले हेर्न नमिल्ने भनेपछि अव अर्को मितिमा पेसी तोकिने छ ।

    भाटभटेनीले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाइ अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले कात्तिक १२ मा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश निरन्तरता दिने कि नदिने विषयमा छलफलका लागि आज पेसी तोकिएको थियो ।

    अधिवक्ता बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेश मार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश गरेका थिए । उक्त आदेशपछि दर्ता भएको रिटमा सर्वोच्चले भवन निर्माण तत्काल अघि नबढाउन भनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images