images
images
  • ग्लोबल आईएमई बैंकले जित्यो अन्तर बैंक फुटसलको उपाधि

    काठमाडौं –  ग्लोबल आईएमई बैंकले अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

    नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले बुटवलमा आयोजना गरेको प्रथम अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबी बैकलाई ६–० गोल अन्तरले पराजित गर्दै ग्लोबल आईएमई बैंकले उपाधि जितेको हो ।

    विजेता बनेसँगै ग्लोबल आईएमई बैंकले ५० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको एनएमबी बैकले २५ हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    प्रतियोगितामा ग्लोबल आईएमई बैंकका बमबहादुर भुजेल सर्वोत्कृष्ट खेलाडी घोषित भए भने ग्लोबल आईएमई बैंककै दुर्गा ओली सर्वाधिक गोलकर्ता बने । उनले खेल अवधिभर १८ गोल गरे ।

    यस्तै सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आईएमई बैंकका हुपेन्द्र चौधरी बने भने ग्लोबलईआइएमई बैंकका दुर्गा ओली उत्कृष्ट खेलाडी घोषित भए ।

    नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदीको प्रमुख आतिथ्यतामा समापन तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो ।

    विजेता, उपविजेता खेलाडीलाई नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदी, नेपाल राष्ट्र बैंक कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

    आयोजकका अनुसार प्रतियोगितमा २९ टोलीको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images