images
images
  • सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयर देवकुमार नेपालीको पनि बयान लिइँदै

    पोखरा – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको पनि बयान लिन सुरु भएको छ ।

    इमेज सहकारी ठगी प्रहरणमा बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका नेपालीलाई कास्की ल्याएर सरकारी वकिलको कार्यालयमा बयान लिन सुरु गरिएको हो ।

    पछिल्लो समय इमेज सहकारीका अध्यक्ष रहेका नेपाली सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष थिए । सूर्यदर्शन सहकारीको अध्यक्ष हुन नपाएपछि त्यहीँका कर्मचारीसँग मिलेर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारी खोलेको बताइएको छ ।

    इमेज सकारी ठगी प्रकरणमा बागलुङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई आइतवार पोखरा ल्याइएको हो ।

    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, जीवी राईकाका साझेदार रामबहादुर खनाल र लिला पछाइँलाई पनि आइतवार नै अदालतमा उपस्थित गराइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images