images
images
  • डोनाल्ड ट्रम्पले सुरुमै भने – ‘आप्रवासी फर्काउने ‘मास डिपोर्टेसन प्लान्स’ जुनसुकै मूल्यमा लागू गर्छु’

    एजेन्सी – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ठूलो संख्यामा आप्रवासीहरुलाई अमेरिकाबाट फिर्ता पठाउने पूर्ववत योजनामा जसरी पनि कार्यान्वयन गर्ने संकेत गरेका छन् ।

    सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावपछि दिएको पहिलो अन्तर्वार्तामा ट्रम्पले जुनसुकै मूल्य चुक्ता गर्नुपरे पनि आप्रवासीहरुलाई आफ्नै देशमा फिर्ता पठाउने योजना अगाडि बढाउने बताएका छन् ।

    एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा उनले सीमा बलियो र शक्तिशाली बनाउँदै आप्रवासी फर्काउन पहिलो प्राथमिकता दिने बताएका हुन् । उनले अगाडि भने, ‘प्रशासनसँग ठूलो मात्रामा आप्रवासीलाई निर्वासन गर्ने योजनाको विकल्पै छैन ।’

    चुनावी अभियानको क्रममा ट्रम्पले लाखौं अवैध आप्रवासीहरूलाई देशबाट निकाल्ने घोषणा गरेका थिए । उनले राज्यका सबै तहका निकायहरू परिचालन गरेर अवैध आप्रवासीहरूलाई पक्रने, जेलमा राख्ने र देशबाट निकाल्ने ‘मास डिपोर्टेसन प्लान्स’ अगाडि सारेका थिए ।

    ट्रम्पले आफ्नो आप्रवासन नीतिकै कारण चुनावमा विजयी भएको उल्लेख गर्दै  सीमालाई बलियो र शक्तिशाली बनाउने र सँगसँगै अमेरिकामा मानिसहरू आइरहने वातावरण पनि बनाउने दाबी गरेका छन् ।

    उनले अमेरिकामा बसेर हत्या र हत्याका घटनाहरू गरेका र जब लागूऔषधले देश ध्वस्त बनाएकाहरुलाई अमेरिकामा बस्ने हक नभएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images