images
images
  • ज्येष्ठ नागरिकविरुद्ध काठमाडौं उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न, प्रथम स्थानमा भ्याली भ्यू

    काठमाडौं । समाज कल्याण् परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोष र नेसनल प्याब्सन काठमाडौंको संयुक्त आयोजनामा ज्येष्ठ नागरिकको दुव्र्यवहार विरुद्ध जनचेतना विषयक उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयस्तरिय कविता प्रतियोगितामा भ्याली भ्यू वोर्डिङ स्कुल काठमाडौँकी छात्रा सम्वृद्धि पोखरेल प्रथम हुनुभएको छ । ज्येष्ठ नागरिक कोष र नेशनल प्याब्सन काठमाडौँ जिल्लाको संयुक्त आयोजनामा मङ्गलबार भएको अन्तर विद्यालयस्तरिय प्रतियोगिताको परिणामअनुसार पोखरेल प्रथम हुनुभएको हो । यस्तै, दोस्रोमा पूर्णचण्डी वोर्डिङ स्कुल ललितपुरकी सानिया लामा र तेस्रोमा पिस प्वाइन्ट एकेडेमी ललितपुरका शुभम कार्की हुनुभएको छ । यस्तै सान्त्वना पुरस्कार कामना आवासीय माविका अर्पन सिग्देल, पिक प्वाइन्ट वोर्डिङका सारिका लिम्बु, सेन्ट जेभियर स्कुलका इभाष पोखरेल र ग्रीनफिल्ड नेशनल स्कुलका सुस्मिता सापकोटाले पाउनुभएको छ ।

    उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु आठ हजार, दोस्रो हुनेलाई रु. छ हजार, तृतीय हुनेलाई रु. चार हजार र सान्त्वना चार जनालाई जनही रु. एक हजार र प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले यस्ता प्रतियोगिताले बालबालिकाले ज्येष्ठ नागरिकप्रति गर्ने व्यवहारमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँको भनाई थियो । यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका राज्यमनत्री रेनुका गुरुङले पनि यसखाले कार्यक्रमले ज्येष्ठ नागरिकहरुको सम्मानमा विद्यँर्थी तथा जनसमुदायमा चेतनाको विकास गर्न महत्वपूर्ण रहने बताउनुभएको थियो ।
    समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति बसन्तराज कार्की, नेशनल प्याब्सन काठमाडौँका अध्यक्ष खड्गबहादुर बस्नेत, नेशनल प्याब्सनका सञ्चार विभाग प्रमुख राजन श्रेष्ठलगायतले यस्ता प्रतियोगिताले ज्येष्ठ नागरिकप्रति सम्मान गर्नका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

    असार १ अर्थात् जुन १५ ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्ध जनचेतना दिवसको उपलक्ष्यमा आयोजित उक्त विद्यालयसतरीय कविता प्रतियोगितामा कोषकी अम्बिका केसी, वरिष्ठ पत्रकार एवम् ज्येष्ठ नागरिक भैरव रिसाल, नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा, समाज कल्याण परिषदका सदस्य सचिव पुस्कर खाति लगायतले आ–आफ्नो विचार एवम् धारणा व्यक्त गर्नुभउको थियो ।

    विद्यालयस्तरको उक्त कविता प्रतियोगिताका निर्णयक मण्डलमा कवि एवम् साहित्इकार डा। देवि नेपाल, अनिल पौडेल र युवा कवि भोजराज न्यौपाने रहनुभएको थियो ।

    ज्येष्ठ नागरिकहरुप्रतिको दुव्र्यवहारविरुद्ध जनचेतनामूलक यसखाले कविता प्रतियोगिताले घर–घरबाटै ज्येष्ठ नागरिकहरुको सम्मान गर्न टेवा पु¥याउने कार्यक्रमको मूख्य उद्देश्य रहेको आयोजक टिमले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images