images
images
  • नेपालीहरूको श्रम गन्तव्य भारतको उत्तराखण्डमा बस दुर्घटना, कम्तीमा २५ यात्रुको मृत्यु

    काठमाडौं – भारतको उत्तराखण्डमा पर्ने अल्मोडास्थित मार्चुला भन्ने स्थानमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

    दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    ४० जना सवार रहेको उक्त बस नैनीडाँडादेखि रामनगरतर्फ जाँदै गर्दा दुर्घटना भएको जनाइएको छ ।

    उद्धारका लागि स्थानीय जिल्ला प्रशासनले टोली पठाएको छ । बस दुर्घटनामा घाइते र मृतकबारे मुख्यमन्त्री पुष्कर सिंह धामीले राहतको घोषणा गरेका छन् ।

    उनले घाइतेहरुको शीघ्र उपचारका लागि नजिकैका स्वास्थ्यकेन्द्रमा व्यवस्था गरिएको बताएका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका यात्रुको हवाई उद्धारका लागि पनि मुख्यमन्त्री धामीले निर्देशन दिएका छन् ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका नेपालीहरुको एक मुख्य श्रम गन्तव्यको रुपमा रहेको उत्तराखण्डमा भएको बस दुर्घटनामा नेपाली यात्रु रहे/नरहेको खुलीसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images