काठमाडौँ – मोरङ र डडेल्धुरामा गरी जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ परेका छन् ।
मोरङको बिराटनगर महानगरपालिका–१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
त्यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ गोयलखेत बस्ने ३२ वर्षीय दिपक देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत २८ जनालाई गए राति नै प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४१ हजार ८ सय ६९ रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















