काठमाडौं । यात्रु नै नभए पनि काठमाडौंको तुलनामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान प्रतिबन्ध फुकुवा गरिएको छ ।
आफ्नो उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएर आएसँगै सो कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणल उडानमा रोक लगाएको थियो ।
थाई एयर एसियाले अव भैरहवामा चार र काठमाडौंमा तीन उडान गर्ने प्रतिवद्धता अनुसार उडान गर्ने शर्तमा सो कम्पनीमाथिको प्रतिवन्ध फुकुवा गरिएको प्राधिकरणले जनाएको छ ।
यो कम्पनीले आगामी १८ नोभेम्बरबाट भैरहवामा उडान थाल्ने जनाएको छ ।
अहिले भैरहवामा यात्रु छैनन् । तर, शून्य यात्रु भए पनि भैरहवामा धेरै उडान गर्ने सर्तमा मात्रै थाइ एयर एसियालाई उडानको अनुमति दिइएको हो ।
काठमाडौं स्थित त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द गर्न लागिएको बेला अन्य एयरलाइन्स कम्पनीलाई पनि भैरहवाबाट उडान गर्न लगाउने प्राधिकरणको तयारी छ ।























