images
images
  • आन्तरिक उडानमा नयाँ प्रतिस्पर्धा : डाँफे एयरलाइन्स दशैंदेखि आकाशमा

    काठमाडौं– नेपालको आन्तरिक उड्डयन क्षेत्रमा नयाँ वायुसेवा कम्पनी ‘डाँफे एयरलाइन्स’ले आगामी दशैंदेखि व्यावसायिक उडान सुरु गर्ने तयारी गरेको छ।

    सन् २०२३ मा मकालु एयर खरिद गरी नयाँ व्यवस्थापनसहित आएको कम्पनीले अत्याधुनिक एटीआर ७२–६०० जहाजमार्फत सेवा विस्तार गर्ने योजना बनाएको हो।

    कम्पनीले पोखरालाई आधार विमानस्थल बनाएर देशका विभिन्न सहरमा सिधा उडान सञ्चालन गर्ने रणनीति लिएको छ भने तीन वर्षभित्र १० वटा जहाज पुर्‍याउने लक्ष्य राखेको छ।

    नयाँ वायुसेवाको आगमनसँगै आन्तरिक उडानमा प्रतिस्पर्धा बढ्ने र यात्रुले थप सुविधा पाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images