images
images
  • एकै दिन १५०० रुपैयाँ बढेपछि सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।

    लगातार बढिरहेको सुनको मूल्यले आज नेपाली इतिहासकै सबैभन्दा उच्च विन्दु छोएको हो । यसअघि गत आइतबारमात्र नयाँ रेकर्ड मूल्य कायम गरेको सुनले दुई दिनपछि नै नयाँ रेकर्ड कायम गरेको हो ।

    आइतवार प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार एक सय रूपैयाँ बढी हो । सोमबार भने सुनको भाउ एक लाख ६७ हजार रूपैयाँ रहेको थियो ।

    सोमबारको तुलनामा मंगलबार भने सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको हो । यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।

    यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय पाँच रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    सोमबार चाँदी प्रतितोला दुई हजार ६५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढी हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images