काठमाडौं – यो साता पनि सुन र चाँदी दुवैको मुल्यले एक पछि अर्को गर्दै विश्व रेकर्ड कायम गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावसँगै रसियाले अगाडि सारेको ब्रिक्स मुलुकहरुले छुट्टै मेटल एक्स्चेञ्ज स्थापना गर्ने प्रश्तावका कारण सुनचाँदी जस्ता बुहुमुल्य वस्तुको मूल्य वृद्धिमा टेवा पुगेको विश्लेषकहरुको भनाई छ ।
नेपाली बजारमा पनि यो साता सुनको मूल्यले रेकर्ड पछि रेकर्ड कायम गर्यो । साताको पहिलो दिन आइतबार हालसम्मकै उच्च
रेकर्ड राख्दै प्रति १० ग्राम १ लाख ४१ हजार ४ सय ६० रुपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो दिन शोमबार पनि पुनः रेकर्ड
राख्दै प्रति १० ग्राम १ लाख ४१ हजार ९ सय ७५ रुपैयाँ पुग्यो । त्यस्तै तेस्रो दिन मंगलबार पनि रेकर्ड राख्दै १० ग्रामको १ लाख ४२ हजार २ सय ३५ रुपैयाँ पुग्यो भने बुधबार पुनः उच्च रेकर्ड राख्दै १० ग्रामको १ लाख ४२ हजार ९ सय २० रुपैयाँ पुगेको थियो ।
त्यसपछिका दुई दिन भने सामान्य घटेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ लाख ४२ हजार ३ सय २० रुपैयाँ पुग्यो । यो मूल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ८ सय ६० रुपैयाँ बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्यले पनि रेकर्ड कायम गर्यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ७
सय ७९ रुपैया पुगेको मूल्यले चौथो दिन सम्म निरन्तर रेकर्ड राख्दै बुधबाकर प्रति १० ग्राम १ हजार ८ सय ३० रुपैयाँ ५० पैसा पुगेको थियो ।
त्यस पछिका दुई दिन भने मूल्यमा सामान्य कमी आई साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार
७ सय ७५ रुपैयाँ कायम भएको छ ।
कुन दिन कतिमा भएको थियो सुनचाँदीको कारोबार ?



विश्व खबर 



















