images
images
  • नेपाल समूह विजेता हुँदै साफ वुमन्स च्याम्पियन्सिपको सेमिफाइनलमा, फाइनल प्रवेशका लागि भारतसँग प्रतिस्पर्धा गर्ने

    काठमाडौं । साफ वुमन्स च्याम्पियन्सिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकालेको छ ।
    यस जितसँगै नेपाल समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । आइतवार हुने सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने छ ।

    नेपालले पहिलो हाफमा ४ गोल गरेकोमा दोस्रो हाफमा २ गोल मात्र गर्न सक्यो । समूह विजेता बन्नका लागि भने उक्त गोलअन्तर पर्याप्त भयो ।

    साविता रानामगरले खेलको आठौं मिनेटमा गोल गर्दै खेलमा नेपाललाई १-० ले अग्रता दिलाएकि थिइन् भने खेलको १२ औ मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाइन् ।

    १३ औ र ३६ औं मिनेटमा रेखा पौडेलले लगातार २ गोल गरेपछि पहिलो हाफमा नेपाल ४-० ले अघि भएको थियो ।

    खेलको ४७ औ मिनेटमा अमिसा कार्कीले गोल गर्दै नेपाललाई ५-० को अग्रता दिलाइन् भने खेलको ९४ औं मिनेटमा नेपालका लागि रश्मि सिंहले गोल गरेपछि नेपालले श्रीलंकालाई ६-० ले पराजित गर्दै समूह विजेता बनेको हो ।

    समूह बी मा रहेको भुटान र नेपालको समान ३ खेलबाट ७ अंक रहेपनि नेपाल गोल अन्तरमा अघि रहँदै समूह विजेता बनेको हो । पहिले खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेलेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images