images
images
  • साफ वुमन्स च्याम्पियन्सिप अपडेट : पहिलो हाफमा श्रीलंका विरुद्ध नेपाललाई ४-० को अग्रता, ‘रेखाको २ गोल’

    काठमाडौं । साफ वुमन्स च्याम्पियन्सिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाको सामना गरिरहेको छ ।

    नेपाललाई पहिलो हाफमा ४-० को अग्रता मिलेको छ ।

    साविता रानामगरले खेलको आठौं मिनेटमा गोल गर्दै खेलमा नेपाललाई १-० ले अग्रता दिलाएकि थिइन् भने खेलको १२ औ मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाइन् ।

    १३ औ र ३६ औं मिनेटमा रेखा पौडेलले लगातार २ गोल गरेपछि पहिलो हाफमा नेपाल ४-० ले अघि रहेको छ ।

    समूह बीमा नेपाललाई समूह बिजेता हुन कम्तिमा ५-० को गोल अन्तरले विजयी हुनुपर्ने छ । ३ खेलबाट ७ अंक जोडेको भुटानले अन्तिम खेलमा माल्दिभ्सलाई १३-० ले पराजित गरेपछि भुटान समूह विजेताको रेसमा अघि आएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images