images
images
  • सुनमात्र होइन चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड : किन बढिरहेको छ ? कतिसम्म बढ्न सक्छ ?

    काठमाडौं । नेपालमा सोमबार सुनसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा पनि सुनचाँदीको मूल्यले लगातार नयाँ नयाँ रेकर्ड बनाइरहेको हो ।

    सुन तोलामा ६ सय रुपैयाँ बढेर नेपाली बजारमा प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ६५ हजारमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको मूल्यले नयाँ रेकर्ड बनाउँदै प्रतितोला २०९५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २०७५ रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमै मूल्य आकाशिएपछि सोअनुसार समायोजन हुँदा नेपालमा सुनचाँदीको भाउ बढेको महासंघले जनाएको छ ।

    यतिबेला मध्यपूर्वमा देखिएको युद्ध र अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितताका कारण सुनको मूल्य लगातार बढेको जानकारहरु बताउँछन् ।

    त्यस्तै अमेरिकामा घट्दो ब्याजदरले पनि सुनको मूल्य बढाउन सहयोग गरिरहेको बताइएको छ ।

    नेपाल सुनचाँदी महासंघका प्रतिनिधिहरु आगामी असार सम्म सुनको मूल्य प्रतितोला २ लाख रुपैयाँ हाराहारी पुग्न सक्ने बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images