images
images
  • लोकल बन्दा प्रतिकिलो ४५, प्याज ९९ रुपैँया, कालीमाटीमा आजको तरकारी भाउ कति छ ?

    काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्यसूची सार्वजनिक गरेको छ ।

    आज लोकल बन्दा प्रतिकिलो ४५ रुपैँया र भारतीय प्याज प्रतिकिलो ९९ रुपैँया रहेको छ ।

    आज गोलभेंडाको मूल्य बढेर १४० रुपियाँ पुगेको छ । हिजो १३५ रुपियाँ रहेको गोलभेंडा ५ रुपियाँले बढेको हो ।

    त्यस्तै, चमसुरको साग किलोमा १०० रुपियाँले बढेको छ । हिजो १२६ मा बिक्री भएको चमसुरको साग आज २२६ रुपियाँ पुगेको छ ।

    यसदिन हरियो लसुन भने ५० रुपियाँले सस्तिएको छ । आज २७६ मा कारोबार भइरहेकामा हिजो यसको मूल्य ३२६ रुपियाँ थियो ।

    image 2024 10 21 072842406 cI9bsYAFrl

    प्रतिक्रिया दिनुहोस्
    images
    images