४ कात्तिक, काठमाडौं । पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार बिहान निधन भएको छ ।
केही दिनअघि डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा उनको उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ ।
साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए ।
७३ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् ।
प्रतिक्रिया दिनुहोस्