images
images
  • पक्राउ पर्नुअघि रविको सम्बोधन : ‘सम्झौता नगरेका कारण पक्राउ परे, डटेर विरोध गर्नुहोला’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुनै पनि सम्झौता नगरेका कारण पक्राउ पर्नु परेको बताएका छन् ।

    उनले यसका विरुद्ध डटेर विरोध गर्न सार्वजनिक अपिल गरेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाएका छन् ।

    प्रहरीले नियन्त्रणमा लिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा लामिछानेले आफूले कुनै अपराध नगरेको दाबी गरे ।

    तर यो सरकार बनाउने निर्णय भएको थियो, त्यो दिनमा आफूलाई जसरी पनि पक्राउ गर्ने तय भएको भन्दै उनले भने, ‘अदालत प्रक्रियामा सम्मान गर्न चाहन्छु । तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न आग्रह गर्छु ।’

    उनले राज्यको दादागिरी डटेर सामाना गर्ने साहस मिलोस् भन्ने कामना समेत गरे ।

    कार्यालयमा अहिले नाराबाजी भइरहेको छ ।

    कास्की जिल्ला अदालतले आजै रविसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी गरेएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images