काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी गरिएको छ ।
कास्की जिल्ला अदालतले कात्तिक २ गते जारी गरेको पक्राउ पुर्जीमा लामिछानेसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
पक्राउ पुर्जी जारी हुनेमा लामिछानेका साथै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल छन् ।
त्यसैगरी देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो ।
उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजि पक्राउ पुर्जी जारी भएको छ ।
हेर्नुहोस पक्राउ पुर्जी
प्रतिक्रिया दिनुहोस्